जसपा संसदीय दलको बैठक बस्दै, नयाँ सरकार गठनबारे निर्णय गर्ने

काठमाडौं । नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक बस्ने भएको छ ।

आज बिहान १० बजेपछि सिंहदरबारमा बस्ने बैठकले नयाँ सरकार गठनबारे छलफल र निर्णय गर्ने बताइएको छ।

जसपाले केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री पदका लागि समर्थन गर्नेबारे बैठकमा छ्लफल र निर्णय हुने एक नेताले बताए।

बैठकमा जसपाको अर्को पक्ष उपेन्द्र यादव समूह भने सहभागी हुने नहुने निश्चित भैसकेको छैन।

जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आफ्नै नेतृत्वमा सरकार गठन हुने अवस्था आए मात्रै सरकारमा जाने निर्णय पार्टीले गरेको भन्दै संयुक्त वक्तव्य केही दिनअघि मात्रै जारी गरेका थिए।

राष्ट्रपतिले ७६ (५) को सरकार गठनका लागि बहुमतको दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button