मेलौलीमा नर्ससहितको एम्बुलेन्स सेवा सुरु गर्न सहयोगी समाजको अभियान सुरु, सहयोग गर्न अपिल

बल्देब सिह नायक, बैतडी । बैतडीको मेलौलीमा एम्बुलेन्स सहयोग अभियान शुरु गरिएको छ। सपोर्ट सोसाइटी नेपालको अगुवाईमा एम्बुलेन्स सेवा संचालनका लागि फेसबुकमा सामाजिक अभियान सञ्चालन गरिएको हो ।

विभिन्न प्रकारका सर्ने तथा नसर्ने प्रकृतिका रोगहरुको कारण दुर्गम क्षेत्रमा स्वास्थ्य समस्यामा परेका बिरामीहरुलाई समयमै स्वास्थ्य संस्था वा अस्पतालमा लैजान सहज बनाउने उदेश्यका साथ संस्थाले एम्बुलेन्स सेवा संचालनका लागि फेसबुकमा सामाजिक अभियान सञ्चालन गरिएको सोसाइटीका अध्यक्ष जनक नेगीले बताए ।

उनले दुर्गम क्षेत्रमा सुबिधायुक्त अस्पताल र डाक्टर नर्सको अभावका कारण उपचार गर्न एक जिल्लाबाट अर्को जिल्ला जानू पर्ने बाध्यताका कारण बेसाहाराहरु र सुत्केरी बेथा लागेका विरामीको राम्रो रेखदेख नहुनु र उपचार नपाएर बाटो मै मृत्यु हुने भएकोले बेसहारा बिरामीहरुसँग-सँगै हेरचाह गर्न लागि एउटा स्टाफ नर्ससहितको सुबिधायुक्त एम्बुलेन्स सेवा सुरु गर्न यो अभियान सुरु गरेको जानकारी दिए।

अहिले तत्काल सुबिधा सम्पन्न एम्बुलेन्स खरिदको लागि बिस लाख आवश्यक परेकोले आर्थिक सहयोगको लागि सोसाइटीले सहयोगको लागि सबैलाई अपिल गरेको छ। संस्थालाई एम्बुलेन्स सेवा संचालनमा सहयोग गर्नुहुने परोपकारी मन भएका आदरणीय महानुभावहरुले सपोर्ट सोसाइटी नेपालको बैतडीको शाखा मेलौलीमा रहेको नेपाल क्रेडिट एन्ड कमर्स बैंक लि. मेलौलीमा रहेको खाता नम्बर १४९००००००६७०१ मा रकम जम्मा गर्न सकिने बताइएको छ।

सहयोग गर्ने परोपकारीहरुले बैंकमा जम्मा गरेको आर्थिक सहयोगको अभिलेख राखिने र आर्थिक सहयोगको बैंक भौचर सहयोगी समाज नाम गरेको फेसबुक मेसेन्जरमा फोटो खिचेर पठाइदिन समेत अनुरोध गरिएको छ भने थप जानकारीका लागि सम्पर्क नम्बरहरु ९८४३८७७१८७, ९८८४७७३४९५ मा सम्पर्क गर्न भनिएको छ ।

सपोर्ट सोसाइटी नेपालले ग्रामीण भेगमा रहेका विद्यार्थी युवा युवतीहरुलाई परामर्श दिनका साथै बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि शिक्षा, स्वास्थ्य खेलकुदमा सहयोग पुर्याउदै आएको संस्थाका प्रशिक्षक पदम नेगीले रातोपाटी न्युजलाई जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button