च्याम्पियन्स लिगमा बार्सिलोनाकाे लज्जास्पद हार, बायर्न सेमिफाइनलमा

काठमाडाैं । च्याम्पियन्स लिगमा बार्सिलोनाले लज्जास्पद हार बेहोरेको छ ।गएराती सम्पन्न क्वाटरफाइनल खेलमा जर्मनी च्याम्पियन बायर्न म्युनिखसँग बार्सिलोना ८–२ गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
बायर्नको जितमा थोमस मुलर र फिलिप कोटिन्होले २-२ गोल गरे भने रोबेर्ट लेवानडोस्की, इभान पेरिसिक, सेर्गी ग्नाब्री र जोशुआ किम्मिचीले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल लुसी स्वरेजले गरे भने एक गोल बायर्नका डेभिड अलावाले आत्मघाती गोल गरेका थिए ।
बार्सिलोनाले दुवै हाफमा ४–४ गोल खाएको थियो । बार्सिलोनाले च्याम्पियन्स लिगको पहिलो हाफमा ४ गोल खाएको यो पहिलो पटक हो । च्याम्पियन्स लिगको इतिहासमै बार्सिलोनाको यो ठुलो हारको रुपमा लिइएको छ ।
यो जितसँगै बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।बायर्न म्युनिखले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीचको विजेतासँग अगस्त १९ मा खेल्ने छ ।