माधव नेपाल समूहका ११ जना सांसदमाथि कारवाही (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी दलहरुसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा नेपालसहित ११ जनाका सांसदहरुलाई कारवाहीको प्रक्रिया थालेको नेता प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए ।

हस्ताक्षर बुझाएका मध्ये केहीले आफ्नो हस्ताक्षर दुरुपयोग भयो भनेको र केहीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन मात्र हस्ताक्षर गरेको बताएका छन् । तर पार्टीले ११ जनालाई मात्र स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

केहीबेरअघि सम्पन्न स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन ।

स्पष्टिकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् ।

१ः झलनाथ खनाल

२ः माधवकुमार नेपाल

३ः भीमवहादुर रावल

४ः मुकुन्द न्यौपाने

५ः रामकुमारी झाँक्री

६ः सरला यादव

७ः पुष्पाकुमारी कर्ण

८ः कलिला खान

९ः निरादेवी जैरु

१०ः लक्ष्मी कुमारी चौधरी

११ः कल्याणी खड्का

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button