निषेधाज्ञालाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले देशभरि निषेधाज्ञामा कडाइ गर्न निर्देशन दिएको छ । विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञा कार्यान्वयनमा कडाइसाथ प्रस्तुत हुन निर्देशन दिएका हुन् । यस्तै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पनि भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेको समर्थन र विरोधका कार्यक्रमहरु हुन सक्नेतर्फ सचेत गराउँदै मन्त्रालयले सुरक्षा निकायहरुलाई भिडभाड हुने जुनसुकै गतिविधि रोक्न भनेको छ । निषेधाज्ञा पालना नगर्नेलाई हालै जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउन पनि गृहसचिव न्यौपानेले निर्देशन दिएका छन् ।

निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख वा दुवै सजाय गर्न सक्ने व्यवस्था गरिएको छ ।

अध्यादेशमा अनुमतिबिना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक गाडी चलाए कारबाही गर्न सक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुई पाङ्ग्रेलाई २ हजार र अन्य गाडीलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एस रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिँड्डुलमा रोक लगाएको अवस्थामा बिना काम निस्कनेलाई २ सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button