कोरोना भाइरसले चीनमा बिहीबार ११६ जनाको मृत्यु

काठमाडौं । चीनको हुबेई प्रान्तमा बिहीबार पनि कोरोना भाइरसले महामारी उस्तै रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
सिन्ह्वाका अनुसार हुबेई प्रान्तमा बिहीबारमात्रै ११६ जनाको मृत्यु भएको छ भने ४ हजार ८२३ जना नयाँ बिरामी देखिएका छन् ।
कम्तिमा ५२ हजार अहिलेसम्म कोरोनाबाट संक्रमित छन् । यसअघि बुधबार एकैदिनमा २४२ जनाको मृत्यु भएको थियो ।