देशभर ४६८ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा शनिबारसम्म देशभर ४६८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत नयाँ संक्रमित थपिएको पुष्टि गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिवार ४६८ संक्रमित थपिएसँगै देशभर संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ। यस्तै शनिबार कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित डिस्चार्ज भएको गौतमले जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय १ पुगेको छ। पछिल्लो २४ घण्टाममा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ९३ रहेको छ। हाल देभभर १४ हजार ४ सय ४८ जना क्वारेन्टिनमा रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button