भारतीय क्रिकेटर धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडौं । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन्।

शनिवार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोष्ट गर्दै यस्तो घोषणा गरेका छन्।

महेन्द्र सिंह धोनीले इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईंको प्रेम र सहयोगका लागि धन्यबाद। आज साँझ ७:२९ बजेदेखि मलाई रिटायर्ड सम्झिदिनुहोला।’

उनले इन्स्टाग्रामको उक्त पोष्टमा ‘मैं पल दो पल का शायर हू’ गीतका साथ सुन्दर ढंगले आफ्नो करिअरको सबै उतार-चढाव प्रस्तुत गरेका छन्।

महेन्द्र सिंह धोनी भारतीय एक मात्र त्यस्ता कप्तान हुन, जसले आईसीसीका ती ठूला ट्रफीहरू कब्जा गर्न सफल भए।

धोनीको कप्तानीमा भारतले आईसीसी वर्ल्ड टी-२० (२००७) मा, क्रिकेट वर्ल्ड कप (२०११ मा) र आईसीसी च्याम्पियन्स ट्रफी (२०१३) मा जितेको थियो।

यस्तै, अर्का खेलाडी सुरशे रैनाले पनि अन्तराष्ट्रिय खेलबाट सन्यास लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button