कोरोना नियन्त्रण गर्न सरकारलाई ३२ अर्ब २८ करोड ऋण, ७ अर्ब २२ करोडको सामान सहयोग (विवरणसहित)

काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्ट सुरु भएपछि नेपाल सरकारलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ३२ अर्ब २८ करोड ऋण सहायता उपलब्ध भएको छ । भने ७ अर्ब २२ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग उपलब्ध भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दोस्रो भेरियन्ट पश्चात् नेपाल सरकारको आव्हान अनुसार चीन, स्पेन, स्वीजरल्याण्ड, अमेरिका,बंगलादेश सरकार लगायतका विभिन्न संघसंस्थाहरूबाट स्वास्थ्य सामग्री तथा उपकरणहरू सहयोग स्वरूप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आज भर्चुअल पत्रकार सम्मेलन मार्फत यस्तो जनाकारी दिएको हो ।

मन्त्रालयको जानकारी अनुसार चीन सरकारबाट २ हजार थान अक्सिजन सिलिण्डर, तिब्बत सरकारबाट १ सय ५० थान लिक्विड अक्सिजन ट्यांक, स्पेन सरकारबाट १५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर र १ लाख २४ हजार एन्टिजेन कीट लगायतका सामग्रीहरू उपलब्ध भएको छ ।

स्वीजरल्याण्डबाट ११ लाख एन्टिजेन कीट, ४० भेन्टिलेटर र १० अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य स्वास्थ्य सामग्रीहरू उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बंगलादेश सरकारले १० हजार रेम्डिसिभिर औषधी नेपाल सरकारलाई सहायता गरेको छ । सिंगापुरबाट २० भेन्टिलेटर, पीसीआर कीट १ लाख २४ हजार लगायतका अन्य स्वास्थ्य सामग्री सहयोग गरेको जनाइएको छ ।

अमेरिकाबाट ५ लाख एन्टिजेन, पी.पी.इ.लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ र थप आउने क्रममा रहेको जनाइएको छ ।

यसरी, स्विजरल्याण्डबाट ९७ करोड, अमेरिकाबाट ४३ करोड, सिंगापुरस्थित सामाजिक संस्थाबाट २३ करोड, स्पेनबाट १२ करोड, चीन सरकारबाट ७ करोड, बंगलादेशबाट ४ करोड र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट जम्मा १३ करोड गरी करिब २ अर्ब रकम बराबरको स्वास्थ्य उपकरण तथा सामग्री सहयोग उपलब्ध भईसकेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ महमारी व्यवस्थापनका लागि हालसम्म आर्थिक सहायता अन्तर्गत जर्मन सरकारको मार्फत १ अर्ब ४२ करोड, एशियाली विकास बैंकबाट ३६ करोड तथा बिश्व बैंकबाट करिब २४ करोडको सहायता प्राप्त भइसेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै जापान सरकारले ३ अर्ब २० करोड बराबर गरी जम्मा ५ अर्ब २२ करोडको उपकरण सहायता दिने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो बाँकी सहयोग पनि छिट्टै उपलब्ध हुने जनाइएको छ ।

त्यस्तै ऋण सहायता अन्तर्गत कोभिड–१९ को प्रतिकार्यका लागि बिश्व बैंकबाट ३ अर्ब ४८ करोड सहायता कार्यन्वयनको क्रममा रहेको मन्त्रालयले जनाएको छ । साथै कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भै कार्यान्यनको क्रममा रहेको पनि जानकारी दिएको छ ।

त्यस्तै कोभिड १९ खोप व्यवस्थापनका लागि एशियाली विकास बैंकबाट थप १९ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने बिषयमा छलफल भै रहेको छ । दोस्रो भेरियन्टको कोरोना नियन्त्रण गर्न जम्मा ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोभिड–१९ को संक्रमण सुरु भए पश्चात् विभिन्न राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायहरुबाट आर्थिक तथा प्राबिधिक सहायता प्राप्त भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button