उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं । उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ।
आज दिउँसो बस्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । ‘संक्रमणको जनेखिम कायमै रहेकाले निषेधाज्ञा एकसाता थप्ने तयारी गरेका छौं,’ प्रजिअ पराजुलीले भने, ‘थप निर्णय आजको संयुक्त बैठकले गर्नेछ।’
आजकाे संयुक्त बैठकले हालका प्रावधान तथा निषेधाज्ञाका समयमा गर्न पाउने तथा नपाउने नियममा समेत केही परिवर्तन गर्न सक्ने सीडीओ पराजुलीले बताए।
कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ। यसअघि थपिएको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिंदै छ।