नेपाली फुटबल टोली आज इराक जाँदै

काठमाडौं । मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज प्रस्थान गर्दैछ । इराकसँग मैत्रीपूर्ण खेल खेल्न आज राति दोहा जाँदैछ। कतार एयरवेजको चार्टर उडानमार्फत दोहा हुँदै टोली इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न टोली आज १० बजे राति यात्रामा निस्किन लागेको हो। २३ जना खेलाडीसहित ३६ सदस्यी टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने छ ।
जेठ १५ गते बसरा इन्टरनेसनल स्टेडियममा इराकसँग नेपालले मैत्रीपूर्ण खेल खेल्नेछ। यसअघि इराकसँग सन् २००१ मा खेलेको थियो। विश्वकप छनोटको उक्त खेलमा इराकले नेपाललाई ४-२ गोलअन्तरले हराएको थियो ।
फिफा बरीयतामा नेपाल १७१औं स्थानमा छ भने इराक ६८औं स्थानमा छ । इराकविरुद्धको खेलपछि जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने छ।
त्यहाँ टोलीले तीन विश्वकप र एसिया कप छनोटका खेल्नेछ। नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ ।