नेपाल पक्षका घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं- नेकपा (एमाले)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप १२ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी गठबन्धनमा लागेका उनीहरूलाई २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको स्थायी कमिटी सदस्य मणि थापाले बताए।

सोमबार स्पष्टीकरण सोध्ने निर्णय लिइएकाहरुमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडा छन्।

सोमबारकै बैठकले नेता नेपालसहित उनी पक्षका ११ जना ‘सांसद्’लाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णष गरेको छ। गत जेठ ८ गतेको स्थायी कमिटीको बैठकबाट स्पष्टीकरण सोधिएका ११ जना ‘सांसद्’लाई निष्कासन गर्ने निर्णय लिएको हो।

स्पष्टीकरण सोधिएको भएपनि उनीहरुले जवाफ फर्काएका थिएनन्। जवाफ दिने समय सोमबार बिहानसम्म थियो। आज स्पष्टीकरण सोधिएका १२ नेतालाई पनि त्यसरी नै कारबाही गरिने एक नेताले बताए।

उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको, राष्ट्रिय सभाको उपनिर्वाचनमा बादललाई हराउन भूमिका खेलेको, फ्लोर क्रस गरेको लगायतका विषयसँग जोड्दै स्पष्टीकरण सोधिएको छ।

स्पष्टीकरणका बाबजुद नेपाल पक्षका नेताहरु शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सक्रिय भएका थिए। उनीहरुले सोमबार मात्र सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका छन्। नेपाल पक्षका २३ जनाले हस्ताक्षर गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button