एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।