ललितपुर नगरप्रमुख भन्छन् ,‘अप्ठ्यारो झेलेर होम आइसोलेसनमा नबस्नुस्’

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यवहारिक कठिनाई झेलेर ‘होम आइसोलेसन’मा बस्नु स्वस्थकर नहुने बताउँदै कोरोना संक्रमितलाई महानगरले संचालन गरेको आइसोलेसनमा बसी स्वास्थ्य लाभ गर्न आग्रह गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘ स्वास्थ्य मापदण्ड पुरा गरेर स्वास्थ्य स्थितिको गम्भीर निगरानी गरी होम आइसोलेसनमा बस्नु राम्रो हो, व्यवहारिक कठिनाई हुँदाहुँदै व्यवस्थापनमा अप्ठ्यारो झेलेर होम आइसोलेसनमा बस्नु संक्रमित स्वयम, परिवार र समुदायका लगि समेत स्वस्थकर हुँदैन ।

कोभिडको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा संक्रमितलाई लक्षित गरेर ललितपुर महानगरले दुईवटा आइसोलेसन सेन्टर संचालन गरेको छ ।

महानगरले वडा नं २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनर्स्थापना गृहमा एचडीयूसहितको ५० शैय्याको आइसोलेसन सेन्टर संचालन गरेको छ । त्यसैगरी वडा नं ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा संचालन गरिएको एक सय १० शैय्याको आइसोलेन सेन्टरमा पनि एचडीयू लगायत अन्य स्वास्थ्य सुविधा थप गर्ने महानगरले तयारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अक्सिजन सहितको यी आइसोलेन सेन्टरहरुमा मनोसमाजिक परामर्शको समेत व्यवस्था छ । पोषणविद्को सल्लाह अनुसार आइसोलेसन सेन्टरमा पौष्टिक र सन्तुलित खाजा र खानाको पनि नि:शुल्क व्यवस्था रहेको जनाइएको छ ।

महानगरले संकलन गरेको तथ्यांक अनुसार संक्रमितमध्ये धेरै जसो ‘होम आइसोलेसन’ मा रहेका विज्ञप्तिमा उल्लेख छ । तथ्यांक अनुसार संक्रमितमध्ये धेरै जसो ‘होम आइसोलेसन’ मा रहेका विज्ञप्तिमा उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button