ठाकुरले सोधे यादवलाई ७ बुँदे स्पष्टीकरण, के छ स्पष्टीकरणमा ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् ।

मंगलबार सोधिएको ७ बुँदे स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी कांग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषयमा प्रश्न सोधिएको छ ।

जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक महन्थ पक्षले जेठ ७ मा स्थगित भएको सूचना जारी गरेको थियो । तर सोही दिन उपेन्द्र यादव पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर एकल रुपमा अध्यक्षता गरी विभिन्न निर्णयहरु समेत गरेका थिए । यो विषयमा पनि यादवसँग ठाकुरले स्पष्टीकरण सोधेका छन ।

पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टीकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।

यस्तो छ ७ बुँदे स्पष्टीकरण पत्रः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button