बुद्धको मार्ग अनुशरण गर्नसके राष्ट्रिय एकता सुदृढ : राष्ट्रपति भण्डारी

काठमाडौं– शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ छ।

२५६५औं बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदे उनले गौतम बुद्धको मार्ग अनुशरण गर्न सके राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्वशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।

विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएकोसमेत राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ।

हाम्रो प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा बुद्ध जयन्तीलाई लिनुपर्नेमा उनले जोड दिएकी छन् ।

सम्पूर्ण विश्वले कोभिड–१९ को महामारीबाट शीघ्रातिशीघ्र उन्मुक्ति पाउने आशा व्यक्त गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेकी छन्।

वैशाख शुक्लपक्ष पूर्णिमा तिथिको दिन बौद्धदर्शनका प्रवत्र्तक राष्ट्रिय विभूति गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्विभरका बौद्ध धर्मावलम्बीले गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्धजयन्ती मनाउने गरेका छन्।

राष्ट्रपतिले किराँत समुदायको महान् पर्व उभौंलीका अवसरमा किराँत समुदायलाई पनि शुभकामना व्यक्त गरेकी छन् ।

‘जातीय, भाषिक र सांस्कृतिक बहुलता नेपाली समाजको मौलिक पहिचान हो । यो हाम्रो कमजोरी हैन, बरु शक्ति हो । यस प्रकारका चाडपर्वहरूले विविध जातजाति र समुदायबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थपसुदृढ बनाउन टेवा पुर्यातउने विश्वाुस लिएको छु,’ राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button