भोक मेटाउँदै हाम्रो नेपाल हामी नेपाली / भ्रष्टाचार विरुद्वको महाअभियान
शंकर श्रेष्ठ, चितवन । चितवन जिल्लाभर हाम्रो नेपाल हामी नेपाली / भ्रष्टाचार विरुद्वको महाअभियान नामक संस्थाले खाजा खुवाउने अभियान चलाएको छ ।
चितवनमा लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवार, सडकमा बस्ने बेवारिसे, असहाय र डियुटिमा खटिने सुरक्षाकर्मीहरुलाई भ्रष्टाचार विरुद्वको महाअभियानले खाजा खुवाउने अभियान चलाएको हो ।
जिल्लाको पुल्चोक देखि चौविसकोटि हुँदै हाकिम चोक जिल्ला प्रशासन कार्यालय भई मालपोत, आँपटारी लगायतका क्षेत्रमा खाजा बाँडने गर्ने गरेको अभियानका सन्दिप बुलाकोटिले जानकारी दिनुभयो ।
लकडाउनको यो महामारीमा कोहि भोका नहुन भन्ने उदेश्यले चलाइएको अभियानमा सामाजिक अभियानमा सक्रिय अभियान शान्तिदुतका संयोजक तथा रातोपाटीन्यूज अनलाइनका वागमती प्रदेश समाचार व्यूरो प्रमुख डिलकुमारी नेपालको समेत अगुवाई रहेको थियोे । उनले यो खाजाँ बाँडने अभियानले सबै नेपालीहरुमा जनचेतनाको मार्गदशक बनोस भन्ने लक्ष्यका साथ सामाजिक क्षेत्रमा सक्रिय युवाहरुले सुरुवात गरेकोले यस अभियानमा हातेमालो गर्न समेत अपिल गरिन् ।
जिल्लाका सक्रिय युवाद्वारा चलाइएको यस अभियानले चितवन जिल्लाभर लक्षित विपन्न समुदाय, दैनिक ज्यालादारी मजदुर, दिनरात जनताको सेवामा खटिएका सुरक्षाकर्मी तथा अन्य सम्बन्धित क्षेत्रलाई प्रभावित गरेकोले यसखालको मानव कल्याणको अभियानमा सबैले हातेमालो गर्नुपर्ने समाजसेवी नारन बरालले बताउनुभयो ।