१० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियन ललितपुरको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः बराल

ललितपुर, माघ २८ । नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले प्रेसलाई कुण्ठित गर्न ल्याएका सबै विधयेकका विरुद्धमा एकजुट भई आवाज उठाउन आह्वान गर्नुभएको छ । सोमबार नेपाल प्रेस युनियन ललितपुर शाखाको छैटौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री खड्काले सो कुरा बताएका हुन् ।

ललितपुरको मानभावन स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले जानुका बरालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।
अधिवेशनले पदाधिकारी तर्फ खुला उपाध्यक्ष केदार नाथ दाहाल, समावेशी उपाध्यक्ष रुप कर्माचार्य, सचिव माधवप्रसाद घिमिरे, सहसचिव गोमा पाण्डे, कोषाध्यक्ष ऋषि बस्याल चयन भएका छन् । अन्य कार्यसमिति सदस्यहरुमा भक्ति शाह, ईश्वरी प्रसाद न्यौपाने, रमेश प्रसाद घिमिरे, सृजना गौतम, नवराज कार्की, प्रकाश थिङ बाबुलाल स्याङ्तान, कुशुम बज्राचार्य, मोनिका राई, प्रनिशा लक्ष्मी अधिकारी र निरोज तोलाङे चयन भएका हुन् ।
सम्पन्न अधिवेशनले १० बुँदे घोषणा पत्र जारी गर्दै प्रेसको सम्मान तथा अभिव्यक्तिको स्वतन्त्रताको पक्षसँगै श्रमजीवि पत्रकारहरूको हक अधिकार र क्षमता अभिवृद्धिमा केन्द्रित हुने जनाएको छ ।
आगामी चैत्र २१ र २२ गते नेपालगञ्जमा हुने नवौँ केन्द्रिय महाअधिवेशनका लागी केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि सर्वसम्मतले चयन भएको उपाध्यक्ष केदारनाथ दाहालले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button