नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप अनुदान दिने भएको छ ।
बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।