नेपाल र चिनियाँ पार्टीबीच भर्चुअल बैठक, के भयो कुराकानी ?

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड – १९ संक्रमणको सम्बन्धमा चिन सरकारले दिएको सहयोगको निम्ति आभार व्यक्त गरेका छन् ।

बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले नेपाल र चिनका राजनीतिक दलहरुसँग महामारीको बेला संयुक्त अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चिन सरकारले नेपालका लागि स्वास्थ्य सामाग्री, भ्याक्सिन र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार तथा धन्यवाद व्यक्त गरेका हुन्।

चिनले कोभिडविरुद्धको भ्याक्सिनमा चीनले प्राप्त गरेको सफलताको पनि उनले प्रशंसा गरे। उपप्रधानमन्त्री पोखरेलले कोभिड – १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले महामारी नियन्त्रणका लागि चिन सरकारले नेपाललाई मेडिकल सामाग्री उपलब्ध गराउनु खुशीको कुरा भएको बताए। नेपालको हिमाल, नदी र संस्कृतिसँग दुईदेशबीचको सम्बन्ध जोडिएको उल्लेख गर्दै उनले नेपाल एक चिन नीतिमा प्रतिबद्ध रहेको पनि बताए।

नेपाली कांग्रेसका नेता नारायण खड्काले कोभिड १९ महामारीका कारण अक्सिजन, अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्री अभाव भईरहेका बेला नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेकामा धन्यवाद दिए। उनले महामारी नियन्त्रणमा चिनबाट नेपालले सिक्नुपर्ने बताए।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुईदेशबीच असल मित्रताको सम्बन्ध रहेको बताए । चीनले सधै नेपालको राजनीतिक स्थायित्व र विकास चाहेको उल्लेख गर्दे महामारीको बेलामा उपलब्ध गराएको खोप लगायत स्वास्थ्य सामाग्रीले नेपालीको जीवन रक्षा गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोभिड १९ को संक्रमण नियन्त्रणका लागि खोप लगायत स्वास्थ्य सामाग्रीमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गरे।

उनले पछिल्लो पटक चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिण्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवन रक्षा भएको बताए।

उनले लकडाउनको समयमा पनि राष्ट्रिय गौरवका आयोजनाहरुको काम कम प्रभावित होस् भन्नेमा ध्यान पु-याएको र काम जारी राखेको बताए।

चीनले अघि सारेको बिआरआई प्रोजेक्टमा नेपालले हस्ताक्षर गरेको तीन वर्ष वितिसकेको उल्लेख गर्दै उनले अब यसको कार्यान्वयनमा जानुपर्ने बेला आएको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button