संविधान र कानुनविद्सँग परामर्श गर्दै सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद्हरुसँग परामर्श गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनपछि परामर्शमा सक्रिय बनेका उनले बिहीबार संविधानविद्, कानुनी एवम् न्यायिक क्षेत्रका विज्ञहरुसँग परामर्श गर्न लागेका हुन् ।

बिहीबार दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा परामर्शको कार्यक्रम तय गरिएको छ । उनले मंगलबार मात्रै पूर्व सभामुखहरुसँग छलफल गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धमा सभामुख सापकोटाले जेठ ८ गते नै विज्ञप्ति जारी गर्दै विरोध जनाइसकेका छन् । उनले सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छन् ।

यो कदम २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवम् सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसला विपरीत देखिएको उनले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button