दुई लाख ३९ हजार जनाले लगाए चिनियाँ खोप भेरोसेलको दोस्रो डोज

विशु गुरुङ/ ललितपुर । कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत जेठ २ गते देखि ११ गते सम्म दुई लाख ३९ हजार जनाले चिनियाँ खोप भेरोसेल दोस्रो (डोज) लगाएका छन् ।

ललितपुर, नुवाकोट, काठमाडौं, भक्तपुर, रसुवा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा पहिलो (डोज) खोप लगाइसकेकाहरुलाई  चीन सरकारले उपलब्ध गराएको दोस्रो चरणको मात्रा (डोज) लगाइएको हो ।

विश्व स्वास्थ्य संगठनले चीनी खोप भेरोसेललाई आपतकालीन प्रयोगको लागि अनुमति दिईसकेको छ । दुई लाख ८९ हजार ४१७ जनालाई दोश्रो खोप दिने लक्ष्य थियो तर निषेधाज्ञा अवधिमा दुई लाख ३९ हजार जनाले मात्र दोश्रो डोज लगाएको स्वास्थ्य सेवा विभागका  खोप शाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो ।

कोभिड–१९ विरुद्धको खोप अझै पनि नपुग भएकोले हाल नेपाल सरकारले विभिन्न देशसँग खोप खरिद प्रक्रिया र भारतीय खोप कोभिसिल्ड ल्याउने गृहकार्य भने अघि बढाई सकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button