प्रतिनिधि सभालाई अवमुल्यन गर्ने कार्य किमार्थ मान्य हुन्न : सभामुख सापकोटा

काठमाडौं । संघीय संसदको सभामुख अग्नीप्रसाद सापकोटाले संविधानको पालना गर्ने पहिलो जिम्मेवारी राष्ट्रप्रमुख भएको नाताले राष्ट्रपतिको हुने बताएका छन् । उनले कानुनविद्हरुसँगको छलफलमा यस्तो बताएको हो ।

देशमा भइरहेको विकसित राजनीतिक घटनाक्रमको विषयमा कानुनविद्हरुसँग छलफल गर्दै सभामुख सापकोटाले अहिले देश अध्यादेशबाट चल्ने अवस्थामा पुगेको बताए ।

कानुनी र संविधान अनुसार आगामी कदम कसरी अगाडी बढाउन सकिन्छ, भन्ने विषयमा सभामुख सापकोटाले कानुनविद्हरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघटन गरेकाले अब आफूले के गर्नु पर्छ वा आफूलाई संवैधानिक अधिकार के–के रहन्छ, भन्ने विषयमा सभामुख सापकोटाले दोस्रो पटक कानुनविद्हरुसँग छलफल गरेका हुन् ।

सापकोटाले प्रतिनिधि सभालाई पछिल्लो समय अवमुल्यन गर्ने क्रम बढिरहेको भन्दै यस्तो कार्य किमार्थ मान्य नहुने बताए । उनले संघीय संसद देशको सबैभन्दा ठूलो र प्रमुख संस्था भएको बताए । उनले भने, ‘यहि सस्थाबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुको जन्म हुन्छ, तर, यसलाई अबमुल्यन गर्ने क्रम बढेको छ, यो किमार्थ स्वीकार्य छैन ।’

सापकोटाले संविधान र संसदलाई सम्मान गर्दा मात्र सबैको लागि राम्रो हुने र इतिहासमा त्यो नै सहि हुने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button