संसद् विघटनसम्बन्धी मुद्दा हेर्दा हेर्दैमा, आज केही भएन आदेश

संसद विघटन विरुद्धको रिटहरु संवैधानिक इजलासमा सुनुवाई भइको छ । शुक्रबारबाट संवैधानिक इजलासमा संसद विघटन विरुद्धका रिटमाथिको सुनुवाई सुरु भएको हो ।

शुक्रबारको सुनुवाई भने सकिएको छ । अब अर्को सुनुवाई आइतबार हुनेछ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरा नेतृत्वको न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा रहेका छन्।

प्रधानन्यायाधीश जबराले १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए । जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर शुक्रवारबाट सुनुवाइ हुनेछ ।

विघटनविरुद्ध कुल ३० वटा निवेदन दर्ता भएका छन् । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button