बैतडीमा जेठ मसान्तसम्म निषेधाज्ञा जारी रहने

बैतडीमा निषेधाज्ञाको अवधि थपिने भएको छ । कोरोनाको दोश्रो लहर आएपछि अब तेश्रो पटक निषेधाज्ञाको अवधि थपिने तयारी भएको हो ।
बिहीबार बसेको जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते सम्म निषेधाज्ञा लम्ब्याउनका लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
जिल्ला कोभीड व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा निषेधाज्ञाको अवधि थपिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
कोरोना संक्रमणदर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थप्ने तयारी भएको उनले बताए । उनले भने ‘अहिले संक्रमणदर केही घटेको छ । तर संक्रमणको जोखिम कायमै छ । त्यसैले निषेधाज्ञालाई निरन्तरता दिने तयारी भएको हो ।’