रमेशको नेतृत्वमा स्वास्थ्य सामाग्री सहयोग

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका-८ नेपाली कांग्रेस गाउँ इकाई समितिका सभापति रमेश कुमार श्रेष्ठको नेतृत्वमा शुक्रबार वडाबासीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

इकाई सभापति रमेश कुमार श्रेष्ठ, स्थानीय समाजसेवी तथा कांग्रेस नेता दिनेश कुमार श्रेष्ठ, समाजसेवी बिचारी प्रसाद तिमल्सिना, रामचन्द्र पराजुली, नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुरेश श्रेष्ठ लगायतका सहयोगमा स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

सयौं एन नाइटी फाइभ मास्क, हजारौं सर्जिकल मास्क, पाँच पिस पिपिई सेट, फेससिल्ड जस्ता स्वास्थ्य सामाग्री र भिटामिन सी, डी, जिङक, सिटामोल लगायतका औषधी सहयोग गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको बाहुलीबाट उक्त स्वास्थ्य सामाग्री र औषधी स्थानीयलाई बितरण शुरु गरिएको थियो । स्थानीय समाजसेवी तथा कांग्रेस नेता राम कुमार श्रेष्ठले डयामसाइड, झोलुंगे लगायतका स्थानीयलाई उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका थिए ।

नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रबिन बिक, कांग्रेसका स्थानीय नेता सनिल काफ्ले र अन्य सामाजिक युवाहरुको सक्रियतामा बाँकी रहेको उक्त स्वास्थ सामाग्री र औषधी वडाबासीलाई बितरण कार्य भईरहेको छ ।

इकाई सभापति तथा समाजसेवी रमेश कुमार श्रेष्ठले बलेफी गाउँपालिका-८ मा केही दिनभित्र १५ बेडको अक्सिजन सहितको आईसोलेसन तयार गरेर संक्रमितलाई उपचार दिने बताएका छन् ।

वडाभरि रहेका गरीब, बिपन्न, अशक्त, असहायलाई खाद्यन्न लगायतको सहयोग गरिने पनि उनले उद्धघोष गरेका छन् । वडा नम्बर ८ मा कोही संक्रमित भएमा पौष्टिक आहारको पनि प्रबन्ध गर्ने श्रेष्ठले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button