झरीमा पनि पूर्वमन्त्री बस्नेत अक्सिजन सिलिण्डर र आईसोलेसन बेड बितरण गर्दै

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली काँगेस केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेत र काँगेसी नेता कार्यकर्ता अहिलेको झरीमा पनि निरन्तर अक्सिजन सिलिण्डर, आईसोलेसन बेड र स्वास्थ्य सामाग्री बितरण गर्न सिन्धुपाल्चोकका सबै स्थानीय तहमा पुगिरहेका छन् ।

शुक्रबार उनी र उनका सहयोगीहरु पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा रहेको आईसोलेसनमा पाँच वटा अक्सिजन सिलिण्डर, पाँच वटा बेड र स्वास्थ्य सामाग्री प्रदान गर्न झरीको प्रवाह नगरी सो गाउँपालिका पुगेका थिए ।

काँगेस नेता ज्ञानेन्द्र थापाका अनुसार पूर्व सूचना तथा संचारमन्त्री बस्नेतले घामपानीसंग जुदै दोश्रो लहरको कोरोना भाइरस नयाँ भेरियन्ट संक्रमणबाट जिल्लाबासीलाई बचाउनका लागि अक्सिजन, आईसोलेसन बेड, स्वास्थ्य सामाग्री सहयोग गर्दे हिडेको जानकारी दिएका छन् । कोरोना भाइरस महामारीमा जनतालाई संक्रमण हुनबाट जोगाउन पूर्वमन्त्री बस्नेतको पहलकदमीको सबैले प्रशंसा गरेका छन् ।

सिन्धुपाल्चोकमा अक्सिजन सहितको सय बेडको आईसोलेसन बनाउने प्रतिबद्धता अनुरुप शुक्रबार बस्नेतले पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा रहेको आईसोलेसनलाई पाँच, पाँच थान अक्सिजन सिलिण्डर, बेड सहयोग गरेका छन् ।

यसैगरि उनले मेलम्ची नगरपालिकाको १,२,३,४ र ५ नम्बर वडाको सिन्धु भ्याली अन्र्तगतको थकनीमा आईसोलेसन बेड पाँच थान र अक्सिजन सिलिण्डर पाँच थान सहयोग गरेका छन् ।

यसअघि काँगेस नेता बस्नेतले सुनकोशी गाँउपालिका र लिसंखुपाखर गाँउपालिकाले संयुक्त रुपमा खाडीचौरमा रहेको सिन्धुसदाबहार अस्पतालमा स्थापना गरेको २५ बेडको कोभिड संक्रमणको उपचार केन्द्रमा २५ बेड आईसोलेसन र २५ वटा अक्सिजन थपेका छन् ।

मेलम्ची अस्पतालमा १० अक्सिजन, १० आईसोलेसन बेड, नवलपुर अस्पतालमा ५ अक्सिजन, ५ आईसोलेसन बेड, जलबिरे प्राथमिक स्वास्थ केन्द्रमा ५ वटा अक्सिजन सिलिण्डर, ५ बेड आईसोलेसन, चौतारा अस्पतालमा १० वटा अक्सिजन सिलिण्डर, चाकुमा १३ वटा अक्सिजन सिलिण्डर र १३ वटा आईसोलेसन बेड, हेलम्बु प्राथमिक स्वास्थ केन्द्रमा ५ बेड र ५ अक्सिजन सहयोग गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button