लगातार वर्षासँगै बाढी पहिरोको जोखिम रहेकोले सर्तक रहन आग्रह
शंकर श्रेष्ठ / डिलकुमारी नेपाल, चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनले लगातारको वर्षासँगै बाढी पहिरोको समेत जोखिम रहेने हुँदा सर्तक रहन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्वारा जारी सूचनामा विभिन्न स्थानमा नदी कटान, डुवान, बाढी र पहिरोको उच्च जोखिम रहेकाले त्यस्ता बस्तीहरुमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, ‘जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी एक/दुई दिनसम्म अझै पानी परिरहन सक्ने देखिएकोले नारायणी, राप्ती र अन्य साना खोलाहरुमा पानीको सतह बढ्ने छ ।’ सोही पानी सतह बढेसँगै नदी खोला आसपासका क्षेत्र प्रभावित हुन सक्ने सूचनामा जनाईएको छ ।