कर्थलीमा स्वास्थ्य सामाग्री सहयोग

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली कांग्रेस बाह्बिसे नगरपालिका सभापति रेशम तामाङको अगुवाई र महाकाली माई युवा समाजको नेतृत्व कर्थलीमा स्वास्थ सामाग्री बितरण गरिएको छ ।

बाह्बिसे नगरपालिका-२ कर्थलीका सबै घरधुरी र कर्थली स्वास्थ्य चौकीलाई स्वास्थ सामाग्री सहयोग गरिएको हो । आफ्नो गाउँ आफै संरक्षण गरौं भन्ने उद्धेश्यका साथ स्वास्थ्य सामाग्री सहयोग गरेको समाजका अध्यक्ष बिबेक तामाङले जानकारी दिएका छन् ।

३० लिटर स्यानिटाइजर, २१ हजार सर्जिकल माक्स, २० लिटर ह्याण्डवास, ६ सय २० थान साबुन, मेडिकल चस्मा, ग्लोब्स, लगायतका स्वास्थ्य सामाग्री र भिटामिन, सिटामोल र अन्य औषधी पनि सहयोग गरिएको छ ।

समाज र स्थानीय युवाहरुको पहलकदमीमा वडाबासी र स्वास्थ केन्द्रलाई स्वास्थ्य सामाग्री र औषधी बितरण गरेपछि स्थानीय खुशी भएको नगर सभापति रेशम तामाङले बताएका छन् ।

चोकटीका स्थानीयलाई पनि सर्जिकल मास्क पठाइएको छ । नगरका सबै वडामा स्वास्थ्य सामाग्री पु-याउने सभापति तामाङले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button