पछिल्लो राजनीतिक समस्या समाधान हुने उपराष्ट्रपति पुनको विश्वास

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन्।

१४औं गणतन्त्र दिवसका अवसरकारमा शुभकामना दिंदै उपराष्ट्रपति पुनले राजनीतिक समस्या समाधानमा आशा ब्यक्त गरेका हुन ।

वर्तमान राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपतिले अपिल गरेका छन्।

‘संविधान कार्यान्वयनका क्रममा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार बनेका छन् । महिला, आदिवासी जनजाति, दलित, मधेशी, अल्पसंख्यक, उत्पीडित क्षेत्रका समुदायका हकअधिकारलाई संविधानतः थुप्रै अधिकार दिइएको छ । तर, विकासको स्वाभाविक प्रक्रियाले हुने परिवर्तनभन्दा आधारभूत नेपाली जनताको आर्थिक –सामाजिक जीवनमा परिवर्तन ल्याउन सकेका छैनौंँ ।

एकात्मक, सामन्तवादी, पुराना सोंच, शैली विद्यमान छन् । यसले जनतामा निराशा बढ्न थालेको सहजै महसुस गर्न सकिन्छ,’ उनले भनेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button