जसपा विवाद फुटको नजिक, ठाकर पक्षलाई पार्टीबाट निकाल्ने चेतावनी (पत्रसहित)

जनता समाजवादी पार्टी (जसपा) को विवाद उग्र बन्दै गएको छ । अहिले अध्यक्षद्वय महन्थ ठाकुर उपेन्द्र यादव पक्षको विवाद बढ्दै गएको हो ।

पछिल्लो समय एकले अर्को पक्षलाई पत्र पठाउँदै स्पष्टिकरण सोधेका थिए । कुनै पनि पक्षले जवाफ भने दिएनन् । तर यादव पक्षले फेरि २४ घण्टाको समय दिँदै दोस्रो पत्र पठाएको छ ।

ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण नआएको भन्दै पत्र पठाएको हो । उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टीकरण माग्दै पत्र पठाएको थियो।

दोसे पत्रमा भनिएको छ, ‘जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकको निर्णय नं ४ बमोजिम तपाईलाई कारबाही किन नगर्ने भनि स्पष्टीकरणको जवाफ प्राप्त हुन नबएकोले दोस्रो पटक पुनः यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण लिइ आउन अनुरोध छ ।’

पत्र प्राप्त गरेको म्याद भित्र चित्तबुझ्दो सन्तोषजनक जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशनसमेत हुने चेतावनी दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button