विवादित संसद विकास कोष खारेज
काठमाडौं । सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले संसद विकास कोष खारेज गरेको हो ।
अर्थमन्त्री पौडेलले बजेटमा स्रोत अभावका कारण यो कोष खारेज गरिएको बताए । संसद विकास कोषको नामले परिचित ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ को बजेट सदुपयोग हुन नसकेको भनेर विरोध हुँदै आएको थियो ।