पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार, ७ लाख सम्मको दुर्घटना बिमा

काठमाडौं । सरकारले सबै श्रमजीवि पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार हुने जनाएको छ।
अर्थमन्त्री बिष्णु पौडेलले आगमी आर्थिक बर्षको बजेट प्रस्तत गर्दै प्रेस काउन्सिलमा दर्ता भएका संस्थाका पत्रकारलाई नि:शुल्क स्वास्थ्य सेवा दिईने बताएका छन्।
नि:शुल्क उपचारका लागि प्रेस काउन्सिल नेपालबाट परिचयपत्र जारी हुने मन्त्री पौडेलले बताए।
साथै, नेपाल पत्रकार महासंघका सदस्य श्रमजीवी पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५०% सरकारले व्यहोर्ने अर्थमन्त्री पौडेलले बताए ।