सामाजिक सञ्जालमा प्रलोभनमा पारेर ठगी तथा ब्ल्याकमेलिङ गर्ने बढेपछि प्रहरीको यस्तो आव्हान

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने क्रम बढेपछि प्रहरीले सजग रहन आह्वान गरेको छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा प्रलोभनमा पारेर ठगी तथा ब्ल्याकमेलिङका घटना बढ्न थालेपछि प्रहरीले यस्तो आव्हान गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्यूरोले आज एक प्रेस विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई यस्तो क्रियायाकलापबाट सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको शिकारबाट जोगिन र प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियोकल तथा भ्वाइसकल नगर्न आग्रह गरेको हो ।

प्रहरीद्वारा जारी विज्ञप्तिमा केही व्यक्ति तथा आपराधिक समूहहरूले प्रविधिको दुररुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने र फेसबुक म्यासेन्जर, व्हाट्सएप, भाइबर, इमो आदि भिडियो कल गरी अपरिचित व्यक्ति आफैंले अश्लिल कृयाकलाप देखाई सम्बन्धित व्यक्तिलाई उक्साई अनैतिक कुराकानी तथा अश्लिल कृयाकलापमा संलग्न हुने वातावरण बनाउने घटना बढेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button