नेपाल फुटबल टिम कुवेतमा, नेपालले अब कुबेतमा ३ खेल खेल्ने (फोटो)

नेपाली राष्ट्रिय फुटबल टिम ईराकमा मैत्रीपूर्ण खेल खेलि कुबेत पुगेको छ। ईराकसंगको खेलमा नेपाल २ गोलका विरुद्ध ६ गोलले पराजित भएको थियो।
नेपाली टिम आईतवार स्थल मार्ग हुँदै ईराकबाट कुबेत गएको हो । अब कुबेतमा नेपालले विश्वकप र एशियाली कप फूटबलका ३ वटा छनौट खेल खेल्नेछ। नेपालले जेठ २० गते चाईनिज ताईपेईसंग जेठ २४ गते जोर्डनसंग र २८ गते अष्ट्रेलियासंग खेल्ने कार्यक्रम रहेको छ।