बैतडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बैतडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत दशरथचन्द नगरपालिका-४ का ७८ बर्षीय वृद्धको आइतबार राती मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
ती वृद्धमा यही जेठ १० गते एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । अक्सिजन सपोर्टमा उपचार गराईरहेका वृद्धको आइतबार राती मृत्यु भएको पन्तले बताए ।
यो संगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । अहिले जिल्ला अस्पतालमा कोभिडका १० जना बिरामीको उपचार भईरहेको छ ।