बैतडीको सतबाँझमा अस्थायी ट्राफिक प्रहरी पोष्ट

बैतडीको सतबाँझमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना भएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्टको आइतबार एक कार्यक्रमकाबीच उद्दघाटन समेत गरिएको छ ।

सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष हर्कबहादुर पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रमुख नारायणप्रसाद अधिकारीले अस्थायी ट्राफिक प्रहरी पोष्टको उद्दघाटन गरेका हुन् ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने, ट्राफिक सचेतना फैलाउने लगायतका उद्देश्य राखेर अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले बताए ।

उनले भने ‘पछिल्लो समयमा जिल्लामा सवारी दुर्घटना बढ्दै गएका छन् । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम कार्यान्वयनका लागि पोष्ट स्थापना गरेका हौं ।’ सतबाँझमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना भएपछि सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्लामा अब तीनओटा अस्थायी ट्राफिक प्रहरी पोष्ट भएका छन् । यसअघि पाटन र खोड्पेमा अस्थायी ट्राफिक प्रहरी पोष्ट सञ्चालनमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले बताए । सतबाँझको अस्थायी ट्राफिक प्रहरी पोष्टमा अहिले एकजना हवलदार र एकजना जवान खटाइएको रावलले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button