राष्ट्रियसभा उपनिर्वाचनः कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित, कति मत ल्याए ?

राष्ट्रियसभा उपनिर्वाचन तर्फ लुम्बिनीमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार दृगनारायण पाण्डे ५४६ मतभारले विजयी भएका हुन् ।

उनले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले प्रदेशसभामा ४२ जनाको मत पाएका छन् । यस्तै स्थानीय तहमा ११८ जनाले मत दिएका छन् ।

खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाए । प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो। ३ सय जना मतदाता रहेको लुम्बिनीमा २९७ जनप्रतिनिधिले मतदान गरेका थिए।

प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेश तर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरेका छन्।

कोभिड संक्रमित प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरेका थिए। प्रदेशसभा सदस्यको मत भार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मत भार १८ छ ।

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button