प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ आज पनि

काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ आज पनि हुनेछ। दोस्रो पटक प्रतिनिधि सभा गर्ने सरकारको कदमविरुद्ध परेका रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारदेखि सुनुवाइ सुरुभएको हो।

यसअघि आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे विवाद भएपछि सोमबार सर्वाेच्च अदालतका न्यायाधीशहरूले छलफलका लागि समय छुट्याएका थिए।

न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासमा रहन नहुने तर्क रिट निवेदक तर्फका अधिवक्ताहरूले गरेका थिए।यी दुई न्यायाधीशबारे आज संवैधानिक इजलास बस्नुअघि निर्णय हुने सम्भावना छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button