हतियारधारी समूहद्वारा प्रहरी चौकीमा आक्रमण, असई सहित पाँच प्रहरी घाइते

हतियार सहित आएको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेको छ ।

कारीव एक दर्जन को सन्ख्यामा घरेलु हात हतियार सहित आएको समूहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्दा चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते छन । दाहाल लाई खुकुरी प्रहार गरिएको र हातमा चोट लागेको बताइएको छ ।

अनुहार नदेखिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका युवाहरुले गरेको आक्रमणमा पारी ५जना प्रहरी घाइते भएका छन ।

धरान ३ बस्ने प्रशन्न लिम्बू आफुलाई धम्की आएको भन्दै जाहेरी दिनका लागि प्रहरी चौकी गएको बेला उनलाई खोज्दै हतियारधारी समूह चौकी पुगेको थियो । लिम्बुलाई हतियारधारीहरुबाट बचाउन खोज्दा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

अहिले सम्म बिवादको कारण थहा हुन सकेको छैन भने आक्रमण कारीको खोजी भाईरहेको छ । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button