प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ २३ जेठसम्म सर्‍यो

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिटको सुनुवाइ २३ गतेसम्मका लागि सरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले इजलासमार्फत् यस्तो घोषणा गरेका हुन् ।

न्यायाधीशद्वय तेज बहादुर केसी र बम कुमार श्रेष्ठलाई इजलासमा राखिएकोमा रिट निवेदक पक्षका कानुन व्यवसायीले विरोध जनाउँदै आएपछि मंगलबारको सुनुवाइ सुरु हुन सकेको थिएन ।

यसैबीच मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपन कुमार कार्कीले इजलासमा नबस्ने घोषणा गरेका छन् । संवैधानिक इजलामिा रहेको न्यायाधीशका विषयमा प्रश्न उठेपछि उनीहरु अलग हुने निर्णयमा पुगेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button