महन्थ ठाकुरसहित ४ नेता जसपाबाट निष्काशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले ४ जना नेतालाई निषकासनको घोषणा गरेको छ ।

पार्टी निर्णयविपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको एक नेताले जानकारी दिए ।

मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितीको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक नेताले बताए ।

जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष यापद पक्षले यसअघि नै अर्का अध्यक्ष ठाकुरसहित ४ नेतालाई दुई पटक स्पष्टीकरण सोधिसकेको थियो ।

भट्टराई–यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए । ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ ।

यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो पक्षको बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुर आफू निकट नेतासँग छलफल गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button