कोरोना संक्रमित ६ हजार ८९८ जना निको भए, ६८ जनाको मृत्यु

काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना संक्रमित थपिएका छन्।

साेही अवधिमा ६ हजार ८९८ निको भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ। नेपालमा अहिलेसम्म संक्रमित हुनेको संख्या भने ५ लाख ६६ हजार ५८७ रहेको छ। यसमध्ये ७ हजार ४५४ जनाको मृत्यु भएको छ।

कोरोनाले थप ६८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ६८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशको विभिन्न भागमा कोरोना संक्रमणका कारण थप ६८ जनाको मृतयु भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ। आज देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button