काठमाडाैं उपत्यकामा थपिए १५ सय ५८ संक्रमित

काठमाडाैं- गत २४ घण्टाभित्र काठमाडाैं उपत्यकामा एक हजार ५५८ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा सबैभन्दा धेरै एक हजार ६० जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।