ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निकाल्यो

जनता समाजवादी पार्टीको विवाद बढ्दै गएको छ । पार्टीमा स्पष्टिकरणको चरणसकिएपछि अहिले नेताहरु एक अर्कालाई कारवाही गरिरहेका छन् ।

मंगलबार उपेन्द्र यादव समूहले महन्थ ठाकुर सहितका नेताहरुलाई कारवाही गरेको थियो । तर त्यसको २ घण्टा नबित्दै ठाकुर समूहले पनि यादव लगायतका नेताहरुलाई कारवाही गरेको छ ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार ठाकुर लगायत केही नेतालाई कारवाही गर्ने निर्णय भएको छ । औपचारिक निर्णय भने केही समयपछि सार्वजनिक गरिने ती नेताले बताए ।

पूर्व राजपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले यादव समूहका नेतालाई कारबाही गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button