रहेनन् विवेकशील साझाका नेता उज्वल थापा

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार उनको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । उपचारका क्रममा थापाको निधन भएको साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिएका छन् ।

सोमबार (हिजो) थापाको कोरोना रिपोर्ट नेभेटिभ आए पनि स्वास्थ्य अवस्था गम्भीर भएको थियो । उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो ।

कोभिड संक्रमण भई केहीदिनदेखि थापा ह्याम्स अस्पतालमा भर्ना भएका थिए । ह्याम्सबाट उनलाई ग्रान्डी अस्पताल रेफर गरेको थियो । थप स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई जेठ १४ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार हुन सकेको थिएन् । थापाको उपचारका लागि भन्दै २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको थियो ।

उनलाई चिकित्सकहरूको सल्लाहमा भेन्टिलेटरभन्दा अत्याधुनिक उपचार आवश्यक देखिएपछि त्यसका लागि आर्थिक सहायता माग गर्दा उक्त रकम संकलन गरिएको थियो ।

अहिलेसम्म विदेशमा बस्नेहरूबाट ‘गोफन्डमी’ मा खोलिएको खातामा २२ हजार २ सय ९१ अमेरिकी डलर र नेपाली बैंक खातामार्फत् २६ लाख ५० हजार रुपैयाँ संकलन भएको थापाको परिवारबाट शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। अहिलेलाई यो रकम पर्याप्त भएकाले आर्थिक संकलन बन्द गरिएको विज्ञप्तिमा जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button