एमाले स्थायी कमिटी बैठक बस्दै, यी विषयमा छलफल हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए।

बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी छ । साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकाले लगभग एकता टरिसकेको निश्कर्ष निकालेको ओली पक्षले एकताका लागि भन्दै अन्तिम समयसम्म पहल गर्ने मंगलबारको बैठकले निर्णय गरेको थियो । यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button