मूल्य सूची राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना महामारीका बेला उपचारका क्रममा विभिन्न अस्पतालहरुले बढी रकम असुल गरेको गुनासो आएपछि सरकारले सक्रियता देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार तथा लागत रकमको शीषर्क सहितको मुल्य सूची आफ्नो वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो ।

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सो को लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्य सूची वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो।

शुल्क विवरण (मूल्य सूची) वेवसाइड तथा सूचना पाटीमा राखी त्यसको जानकारी स्वास्थ्य संस्था ईजाजतपत्र दिने तथा नवीकरण गर्ने आधिकारिक निकाय समक्ष पठाउन समेत मन्त्रालयले निर्देशन दिएको छ।

कोरोना महामारीको विषम परिस्थितिमा समेत कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचार वापत चर्को शुल्क असुल उपर गरेको, बिरामीका लागि अत्यावश्यक अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको, उपचारका लागि आवश्यक पर्ने सामग्रीहरुको वन्दोवस्त गर्न बिरामी आफैंलाई लगाउने गरेको, आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य समग्री खरिद गर्न लगाएको जस्ता गुनासाहरु प्रधानमन्त्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, हेलो सरकार र स्वास्थ्य मन्त्रालयमा समेत आएको जनाइएको छ।

बिरामीहरुले यस्तो गुनासो गरेपछि स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुलाई उपचार सेवा तथा शुल्कको विवरण वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button