कांग्रेस नेता मोहन बस्नेतले बनाए आफ्नो गाडीलाई एम्बुलेन्स

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आफूले प्रयोग गर्दै आएको निजी सवारी साधनलाई एम्बुलेन्स बनाएका छन्।

उनले आफ्नो बा २ च ७५९१ नम्बरको आफ्नो निजी गाडीलाई सिन्धुपाल्चोकभरका कोरोना संक्रमित बोक्नका लागि प्रयोग गर्न दिएका हुन्।

एक वर्षका इन्धत तथा चालकको व्यवस्थासमेत आफैंले गरी बस्नेतले फिर्ता नलिने सर्तमा उक्त गाडीलाई एम्बुलेन्स बनाएर हस्तान्तरण गरेको बताएका छन्।

साथै नेता बस्नेतले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकका विभिन्न स्वास्थ्य केन्द्र तथा अस्पताललाई अक्सिजनसहित १ सय बेडसमेत हस्तान्तरण गरेका छन्।

साथै, उनले आफ्नो व्यक्तिगत पहलमा सय बेडको अक्सिजन सहितको अस्पताल बनाउने घोषणा गरी कामसमेत सञ्चालन गरिसकेको छन्।

केही समयभित्रै सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट राख्ने र उक्त प्लान्टका लागि चाहिने आर्थिक रकम समेत जुटाइसकेको बस्नेतले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button