साउनभर ११ सय २८ ले पाए श्रम स्वीकृति

काठमाडौं । साउनको महिनाभर ११ सय २८ जनाले श्रम स्वीकृति पाएका छन् । श्रम स्वीकृति पाउनेमा पुरुष ९९० जना छन् भने १३८ जना महिला भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण करिब चार महिनादेखि रोकिएको श्रम स्वीकृति असार १८ गतेदेखि खुला गरिएको थियो । बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरी श्रम स्वीकृति प्रदान गर्न सुरु गरीएको थियो ।
करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिए, कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलका आधारमा पुनः श्रम स्वीकृति जारी गर्ने भएको हो ।
यस्तो त श्रम स्वीकृति लिने देशगत विवरण
बहराइन १८, जापान २४, कुवेत ३२, मकाउ–चीनबाट ८ जना, मलेसिया ७४, माल्दिभ्स १४, माल्टा ५, ओमान ९, पोल्यान्ड ११, कतार १२३, रोमानिया तीन, साउदी अरब ५५, सेसेल्स तीनजना, यूएई ६०७ जना, जीबुटी एकजना, इजिप्ट एकजना गरी ९८८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
यस्तै अफगानिस्थान ९, बर्मुडा १, कम्बोडिया १, चीन ३, कोस्टारिका १, ग्रिस १, जापान ९, मलेसिया १, माल्दिभ्स १, माल्टा १, ओमान २, कतार ७, रसिया १, साउदी अरब १, श्रीलंका २, यूएई ९८ जना, यूएसए एकजना गरी १४० जनाले पुनः श्रम स्वीकृति पाएका छन् ।
तर, सरकारले विदेशबाट नेपाली नागरिकको उद्धार उडान स्थगित गरेको छ ।